
मटितेल मसाएर चलिरहेको नेपाली पेट्रोलको बजारमा, यसको भाउ घटाउनै पर्ने जनताको आदेश पछि सरकारले हाल मटितेल भन्दा सस्तो तार्पिन तेल मिसाउन थालेका छन् । जसले गर्दा पेट्रोल प्रयोग हुने साधनहरु एकाएक बिग्रीन थालेका छन् । उता सरकार भने सरकारले आपुर्र्ति गरेका कुनै पनि किसिमका तेलहरुमा कुनै मिसावट नभएको बताउछन् । सरकारको यस्तो बोलिले उपभोगताहरुलाई झन् आक्रोशित बनाएको छ । वर्षौदेखि पेट्रोलमा मटितेल मिसिदैं आएको कसलै थाहा छैन - अझ, अहिले झन् मिसावटको हदै पार गर्दा पनि कुनै मिसावट छैन भन्न यो सरकारलाई लाज लाग्दैन ?
तेलमा तार्पिन तेल मिसिएको खुद मटरसाइकल बनाउनेहरुले विभिन्न टेलिभिजनमा प्रत्क्षय देखाउँदा सम्म अझ मोटरमाइकल मै खराबी हो भनेर सरकारले के बुझाउन खोजेको हो त ? यो त अत्ति नै भयो । हाल सम्म त मटितेल मिसाएको पेट्रोल प्रयोग गर्दा पनि उपभोगताहरु मौन नै थिए, तर हालको सरकारको यस्तो घटिया व्यवहारले गर्दा अब त १०० प्रतिशत शुद्ध पट्रोल नै चाहिन्छ नत्र यो सरकार धेरै टिक्दैन ।












