Showing posts with label people. Show all posts
Showing posts with label people. Show all posts

Friday, January 2, 2009

मावोबादी सरकारको हिन्दु धर्म माथि हस्तक्षेप - Politics in Pashupati Nath Temple


मावोबादी जबदेखि सरकारमा छन्, विभिन्न क्षेत्रमा क्रम भङ्गताको कुराहरु समाचार बन्न थालेका छन् । राजनितिको कुरा क्रमभङ्ग हुनुमा हामीलाइ खासै आपत्ती छैन, बरु नराम्रा कुराहरुमा क्रम भङ्गको कुराहरु सुन्न पाए अझ राम्रो हुन्थ्यो । तर काटमार र आतङ्कको बानी लागेका मावोबादीहरुबाट आश पनि के नै गर्न सकिन्छ र ? तर यतिसम्म गर्ला भनेर कसैले सोचेका थिएनन् जतिसम्म आज देख्नु परिरहेका छन् ।

केहि महिना अघि मावोबादी सरकारले इन्द्र जात्रामा हस्तक्षेप गरेको थियो । तब हिन्दु धर्म र त्यस भोटो जात्रामा आश्था राख्ने नेपाली जनताले त्यसको ठूलो विरोध गरेको थियो । र आखिरमा सरकारले त्यस हस्तक्षेपबाट हात पछाडी सारेको थियो ।

तर अहिले आएर, कुकुरको पुछ्छर झै सरकारले फेरि ठूलो गल्ती गरेकोमा हामीले यो सरकारलाइ कसरी बुझ्ने ? र झन् यस पटक त विश्वभरिका हिन्दुहरुको आश्था जोडिएको पशुपतिनाथ मन्दिरको कुरामा मावोबादि सरकारले राजनिति गरेकोमा यो सरकारलाइ कसरी मुल्याङ्कन गर्ने ?

अर्को शब्दमा भन्नु पर्दा, यो मावोबादी सरकारबाट यहि नै बाँकी थियो । अरु सबै जस्ता जनता मार्ने र रुवाउने काम त पहिल्यै गरिसकेका थिए ।

हाल यो सरकारले गरेको कुकर्मको कुरा भन्नुपर्दा, यो विश्वभरका हिन्दुहरुले पुज्ने पशुपतिनाथ मन्दिरको कुरा हो । पशुपतिनाथ मन्दिरमा वर्षौ देखि भारतिय पुजारीहरुले मात्र पुजा गर्ने परम्परा छ । यस्तै परम्परा भारतका विभिन्न मन्दिरहरुमा पनि छन् जहाँ आजपनि मात्र नेपाली पुजारीहरुले मात्र पुजा गर्छन् । यस्ता परम्पराहरु शुभ होस् भन्ने धारणाले पनि मानिदै आएको हो । तर डर धम्कीले देश चलाउने सोच भएका सरकारले यस्तो पवित्र कुरामा पनि राजनिति धुसाएको छ । मावोबादी सरकारकै दबाबले हालका पुजारीलाइ केहि दिन यता राजीनामा दिन लगाइयो भने, अर्कातिर मावोबादी सँग निजिक भएका नपाली पुजारीहरुलाइ नयाँ पुजारीको रुपमा नियुक्ती गरियो । यो हिन्दु धर्म कै विरुध मावोबादीले यो कस्तो राजनिति गर्न खोजेको हो ?

अर्कातिर, मावोबादीकै राजनितिले गर्दा हिजो पशुपतिनाथ मन्दिरमा पुजा भएन जुन पशुपतिनाथको उत्पत्ती दखि आजसम्म कहिल्यै भएको छैन। हिन्दु धर्मगुरुहरु भन्छन्, भगवान पशुपतिनाथको प्राण नै पुजामा हुन्छ र पुजा नहुनु नेपालमा ठूलो खतराको संकेत हो भन्छन् ।

Thursday, July 31, 2008

Watch TV, Learn English



There are thousands and thousands of nepali willing to learn english but they aren't yet able to. With english being the most preferable language round the globe and nepalese getting education in mostly nepali medium, it's been a hell of a problem to do anything taking in mind the global market. But there's definitely a way and its easier also.

Researcher in Italy have found out on their survey that its much easier to learn english watching TV than joining any institution or reading "how to speak english" books. This could be a great way for the nepalese too.

Nepalese mostly use TV as a medium of entertainment but if they are willing to try, it can be the medium to teach them English which can help them explore the world. So to those who kill most of their time watching music videos and family fighting serials, we would suggest to make a habit of watching English Television Channels. Even if you don't know a single word of english, it can help. Watch English Television Channels only and try to understand what they are talking about with their expressions. It's been proved that, doing so can make you a good english speaker.

So, people stop watching those saas bahu serials lets watch TV and learn English.

Tuesday, July 29, 2008

हाम्रो आन्दोलन जारी छ

अहिले विभिन्न पार्टीका विद्यार्थी संगठनहरु हामीले आन्दोलनका कार्यक्रमहरु फिर्ता लियौं भन्दै छन् तर नेपाली जनताको आन्दोलन अझै जारी । हिन्दी भाषामा सपथ विरुधको आन्दोलन कुनै पार्टीका इसारमा चल्ने विद्यार्थी संगठनहरुले गरेका होईनन् त्यसैले तिनीहरुले फिर्ता लियौं भन्दैमा नेपाली जनताको आन्दोलन रोकिदैन । यो आम जनताले आफ्नो देश, भाषा र भेष बचाउन गरेको आन्दोलन हो । जनता ओईरिएको देखेर आन्दोलनमा साथ दिन आउने र पछि हामीले फिर्ता लियौं भनेर घोषण गर्ने विद्यार्थी नेताहरुलाई हामी नेपाली जनताले अब कुन रुपमा हेर्ने, यो सोच्नु पर्ने विषय बनेको छ ।

हिन्दी भाषा नेपालको कुनै पनि ठाउँमा बोलिने भाषा होईन र अर्का तिर परमानन्द झाले हिन्दी भाषाको प्रयोग गरेर आफ्नै मैथिली भाषाको पनि अपमान गरेको छ ।राष्ट्र भाषा र मातृ भाषा दुवैको अपमान गर्ने व्यक्ति कुनैपनि हालतमा हाम्रो देशको उपराष्ट्रपति हुन सक्दैन ।
परमानन्द झाले राजीनामा दिनै पर्छ ।

जनतालाई अराजक तत्व भन्ने नेताहरु धिक्कार तिमीहरुलाई

जब राष्ट्रिय भेष, राष्ट्रिय भाषा र राष्ट्रियताको एउटा साधारण नेताले खिल्ली उडायो, तब उत्रीए नेपाली जनताहरु सडकमा नेपालीमा कोर् इज्जत बचाउन । तर उतातिर विभिन्न नेताहरु भने निजी तथा पार्टीगत स्वार्थको लागि मौन रहे । नेपाली आमाकोर् इज्जत लुछिदा, एक शब्द पनि बोल्न चाहेनन् । कस्ता नेताहरुलाई भोट दिएर त्यो ठाउँमा उभ्याएछौं - यति मात्र अझ कम थिएन, हिजो कहि नेताहरुले तिनीहरुको नेपाली जनतालाई अराजक तत्व भनेर नामाकरण गरे । विभिन्न पार्टीका विद्यार्थीहरुले आन्दोलन त सुरु गरेका हुन् तर आन्दोलनले नराम्रो रुप लिनुको कारण अराजक तत्वहरु हुन् भन्ने कुराहरु नेताहरुको मुखबाट सुन्नुपर्दा हामी नेपाली जनता दङ्ग छौं ।

पहिलो कुरा नराम्रो रुप भन्नाले ? र अर्को कुरा पार्टीसँग सम्वन्धितहरु मात्र जनता हो जस्तो लाग्छ ? यदि नेताहरु तिनीहरुकै पार्टीसँग सम्वन्धितहरुले नै सबै गरेका हुन् भन्ने सोच्छन् भने त्यो तिनीहरुको मुर्खता हो र यो आम जनता जसले तिनीहरुलाई पद दिएर राखेका छन् उनीहरुलाई चुनौती हो । यहिले जुन आन्दोलन भईरहेको छ यो कुनै पार्टीले गरेको होईन, यो नेपाली मुटु भएका आम जनताको आन्दोलन हो । हरेक चोटि आन्दोलन आम जनताहरुले नै गर्छन् तर धेरैजस्ता यी आन्दोलनहरुमा पछि विभिन्न पार्टी सम्लग्न भई चतुर्याईपुर्वक आफ्नो स्वार्थ पुरा गर्छन् । त्यसैले त यो पटक आफैले छानेका नेताले यत्रो ठूलो गल्ती गर्दा पनि यी नेताहरुको बोली नफुटेको । धिक्कार छ तिमीहरुलाई ।

त्यसैले हामी ती नेताहरुलाई केहि कुराहरु बुझाउन र केहि कुराहरु याद दिलाउन चाहन्छौं ।
राष्ट्रिय भेष, राष्ट्रिय भाषा र राष्ट्रियता खिल्ली उडाउने बिरुद्दको आन्दोलन, जनताले देश चलाउन जिम्मा दिएका नेताहरुले केहि नगरेपछि, ठूलो रुप लिनु स्वभाविक हो । नेपाली आमाकोर् इज्जत बचाउनु कता कता, उल्टै राष्ट्रबादीहरुलाई अराजक तत्व भन्ने नेताहरुको कत्रो साहस ? नेताहरु यो याद राख कि हामी जनताले नै भोट दिएर तिमीहरु त्यो ठाउँमा पुगेका छौ र हामीले तिमीहरुलाई त्यहाबाट खसाल्न पनि सक्छौं ।

राष्ट्रियता जस्तो ठूलो कुराको समर्थनमा केहि बोल्न नसक्ने नेताहरु नेता नै होईनन् । हामी नेपाली जनतालाई यस्ता नेताहरु स्वीकार्य छैन । जनताको इच्छा चाहना बुझ्न नसक्नेहरु हाम्रो नेता नै हुन सक्दैनन् । हामी यस्ता नेताहरुको वहिस्कार गछौं ।

हाम्रो भाषा, हाम्रो भेष र राष्ट्रियता हामीलाई हाम्रो प्राण भन्दा प्यारो छ ।

Monday, July 28, 2008

Protest Against Hindi Oath - Upendra Yadav Plays Dirty Politics

With any cast, any religion or from any place or background, every nepali is equally treated as a nepali first. And there has never been a mistake as done by Vice-president Mr. Jha taking Oath in other language than Nepali.With nationalism in heart and anger against disrespect to the national dress and national language, even people from terai have stood againt the vice-president mistake.
We all know its not about racism or religion, but its against disrespect to nationality. Though this issue is crystal clear, its a matter of shame to hear Mr. Upendra Yadav taking bullshit against the protest, and clearing his thought on making "hindi", another national langauge. That really sucks!
Hindi is not a mothertongue of any nepali. No nepali people in any corner of the country speaks hindi. There are languages like Maithili, Bhojpuri and many other which may sound bit like hindi but they are really different lanaguages. Taking Oath in hindi by Mr. Jha and the supporting speech in hindi again by Mr. Upendra Yadav is a foolish move. There wouldn't have been such protest if Mr. Jha would have taken Oath in Maithili, his mothertongue,but nepali people would salute him for his love and respect to his mothertongue and his culture. Using hindi language is disrespect to both the national languages - Nepali and Maithili. And for Mr. Upendra Yadav: Let the world know about your culture and your mothertongue and make Nepal proud rather than speaking in some other country's language.

On an interview to the various media, VP Mr. Jha said, he used hindi language because about 2Lakhs people understand hindi. Sounds stupid ? There are lot more than just 2Lakhs people who understand ENGLISH. Could that be a good idea to take Oath in English ? And on the othe hand, why wasn't he in a DAURASURWAL ? If such mistakes are left unseen, in the very near future we may see nepali politicians wearing swimming suits on official events.

And lastly, to Mr. Upendra Yadav again: Whether we are from terai, hill or himalaya, we are Nepali first. Your foolish words or your dirty political game won't bring war between us. Above all we are NEPALI.

LONG LIVE NEPAL'S CULTURE, ITS RACES, ITS RELIGIONS, ITS NATIONALITY AND NEPAL AS A WHOLE.

Friday, July 25, 2008

Nepali Models - We Hardly Remember Their Faces














We have spoken about what nepali modelling field is in our earlier posts also. Today we put this as a perfect picture of nepali models, which we found on a nepali boy's HI5 album who is in USA right now.
Great Picture !

Thursday, July 24, 2008

vice-president मुर्दाबाद

Nepali people speak various languages and have various dresses of their own. These vary with their cast, their cultural background and the place they live in. Yet, whatever their cast, wherever they come from, every Nepali respects nationality, "NEPALISM".

But it's a matter of shame that Nepal's first vice-president Mr. .... spoke his oath in a different language than Nepali. Whatever the language - maithali, hindi or any other; it's a serious disrespect to our national language,"Nepali". He also insulted our national dress,"Daura Surwal", wearing something mostly indians wear in such a prestigious ceremony.

With such sameful act infront of the whole world, we, the Nepali people can't accept him as our vice-president. Hey Mr. Vice-president, if you are soon eager to show yourself as a Madesi, go to your place and be their vice-president, you don't deserve to be the one of Nepal.

A person who disrepects our national language, national dress and our nationality as a whole can no way be the vice-president of our country.We can't and we won't tolerate it.

NOTE: Has any government official or any minister spoken sanskrit, newari, magar, gurung, tharu or any other language in such cases ever ? If no then, how dare he did that ?

So, KICK OUT THE VICE-PRESIDENT !