Saturday, May 16, 2009
Nepal, They Call It मुर्खको देश
Ya, I call is "murkha ko desh" - Country of Fools. Do we mind ? If we do, then why didn't we mind about what Prachanda spoke about fooling us, the Nepalese people on his speech on one of those maoists sivirs. Why are our mouth shut like dumbs ?
Or, if you haven't still seen that video, you must now and speak about it.
VIDEO LINK : http://www.youtube.com/watch?v=f-neqwS3aws
Thursday, January 22, 2009
Chandni Chowk to China Giving False Information on Lord Gautam Buddha's Birthplace - Protests Are On

Friday, January 2, 2009
मावोबादी सरकारको हिन्दु धर्म माथि हस्तक्षेप - Politics in Pashupati Nath Temple

केहि महिना अघि मावोबादी सरकारले इन्द्र जात्रामा हस्तक्षेप गरेको थियो । तब हिन्दु धर्म र त्यस भोटो जात्रामा आश्था राख्ने नेपाली जनताले त्यसको ठूलो विरोध गरेको थियो । र आखिरमा सरकारले त्यस हस्तक्षेपबाट हात पछाडी सारेको थियो ।
तर अहिले आएर, कुकुरको पुछ्छर झै सरकारले फेरि ठूलो गल्ती गरेकोमा हामीले यो सरकारलाइ कसरी बुझ्ने ? र झन् यस पटक त विश्वभरिका हिन्दुहरुको आश्था जोडिएको पशुपतिनाथ मन्दिरको कुरामा मावोबादि सरकारले राजनिति गरेकोमा यो सरकारलाइ कसरी मुल्याङ्कन गर्ने ?
अर्को शब्दमा भन्नु पर्दा, यो मावोबादी सरकारबाट यहि नै बाँकी थियो । अरु सबै जस्ता जनता मार्ने र रुवाउने काम त पहिल्यै गरिसकेका थिए ।
हाल यो सरकारले गरेको कुकर्मको कुरा भन्नुपर्दा, यो विश्वभरका हिन्दुहरुले पुज्ने पशुपतिनाथ मन्दिरको कुरा हो । पशुपतिनाथ मन्दिरमा वर्षौ देखि भारतिय पुजारीहरुले मात्र पुजा गर्ने परम्परा छ । यस्तै परम्परा भारतका विभिन्न मन्दिरहरुमा पनि छन् जहाँ आजपनि मात्र नेपाली पुजारीहरुले मात्र पुजा गर्छन् । यस्ता परम्पराहरु शुभ होस् भन्ने धारणाले पनि मानिदै आएको हो । तर डर धम्कीले देश चलाउने सोच भएका सरकारले यस्तो पवित्र कुरामा पनि राजनिति धुसाएको छ । मावोबादी सरकारकै दबाबले हालका पुजारीलाइ केहि दिन यता राजीनामा दिन लगाइयो भने, अर्कातिर मावोबादी सँग निजिक भएका नपाली पुजारीहरुलाइ नयाँ पुजारीको रुपमा नियुक्ती गरियो । यो हिन्दु धर्म कै विरुध मावोबादीले यो कस्तो राजनिति गर्न खोजेको हो ?
अर्कातिर, मावोबादीकै राजनितिले गर्दा हिजो पशुपतिनाथ मन्दिरमा पुजा भएन जुन पशुपतिनाथको उत्पत्ती दखि आजसम्म कहिल्यै भएको छैन। हिन्दु धर्मगुरुहरु भन्छन्, भगवान पशुपतिनाथको प्राण नै पुजामा हुन्छ र पुजा नहुनु नेपालमा ठूलो खतराको संकेत हो भन्छन् ।
Monday, October 13, 2008
Maoists' Forgotten 10,000 Promises

Even treaties with India seem to be re-thought just in papers. Some treaties are lifted up despite being spoken against during election.
With no promises fulfilled and their actions all alike those during the King's rule, the people of Nepal seem to prepared to throw maoist party aside from government in the next election.
Thursday, October 2, 2008
जंगलमा द्रोपति भएर बसेकाले नारी अस्मीताको कुरा गर्न सुहाउँदैन - मिस नेपाल
फेरी मिस नेपाल कै कुरा हो यो । हरेक वर्षविरोध हुँदैआएको सौर्न्दर्य प्रतियोगिता यस वर्षनि विरोध मै फस्यो तर यस वर्षो विरोध भने अलि फरक छ । यस वर्षो विरोधले यो प्रतियोगिता मात्र रोकेन, यस वर्षभाग लिने प्रगियो तिहरुलाई मानसिक तनाव नै दियो ।
कुनैपनि कार्यक्रमको विरोध गर्न अवश्य पाईन्छ, तर हुनै नदिनु भने अहिलेको गणतान्त्रिक नेपालमा बल प्रयोग गरि हुनै नदिनु कत्तिको सुहाउँदो कुरा हो । अझ यतिले नपुगेर प्रतियोगीहरुलाई धम्की, अश्लील कुरा जस्ता घटिया उपाय लगाएर मानसिक तनाव दिनु, के यहि हो मावोबादीको भाषामा गणतन्त्र ?
केहि दिन यता, यस वर्षा मिस नेपालका प्रतियोगीहरुले एक प्रेस भेला गरि यस बारे सबैलाई यस बारे जानकारी दिए । कसैलाई राती १२ बजे फोन गरि धम्क्याउने, कसैलाई अश्लील गालीहरु दिने भने कसैलाई घरबाट निस्केमा पनि नराम्रो हुने जस्ता डर देखाएर के बुझाउन खोजेका हुन त मावोबादी निकट यी मिस नेपाल विरोधीहरुले ?
के हेरेर बसेको छ यो सरकारले - कि साच्चै कांग्रेसका गिरिजाले भने झैं यो कामचलाउ सरकार नै हो ? र अर्कातिर एक पुर्व मिस नेपाल प्रतियोगीले भने झैं जंगलमा द्रोपतिको रुप धरेर बसेकाहरुले अहिले आएर नारी अस्मिताको कुरा गर्दै मिस नेपालको विरोध गर्न सुहाउँछ त ? हाम्रो प्रश्न पनि यहि हो, सुहाउँछ ?