Showing posts with label quality. Show all posts
Showing posts with label quality. Show all posts

Thursday, October 9, 2008

पहिला जन्मिदैमा वा कपाल फुल्दैमा वरिष्ठ भइदैन

सामान्यतय, कुनै पनि क्षेत्रमा आफ्नो जीवन सुम्पिएर वा दशकौं त्यस क्षेत्रलाई दिएर त्यसै क्षेत्रको विशेष ज्ञान राख्ने सफल ज्ञानीलाई हामी दिग्गज वा वरिष्ठ भन्छौं । तर नेपालमा भने यो अलि फरक छ ।
नेपालमा बरिष्ठ भनिदाहरु थुप्रै छन् तर बास्तव मै सच्चा ज्ञानी भने हातका औंलाहरुमा गन्न सकिन्छ । विशेष गरी संगीत क्षेत्रको कुरा गर्नुपर्दा, हाल आएर पुण रुपमा बेसुराहरुको जमातै एल्बम निकाल्न तम्सिएका देख्न पाइएतापनि आज भन्दा एक दशक अघिसम्म गायक गायिकाहरु धेरै कम थिए । तिनै गायक गायिकाहरुलाई आज धेरैले वरिष्ठ भन्छन् । तर ति सबै संगीतका पारखी वा ज्ञानीहरु भने पक्कै थिएनन् न त हालसम्म आईपुग्दा भएका छन् ।

दशक अघिसम्म गायक गायिका बन्न वा गीत रेकड गराउन रेडियो नेपालको सांगितिक परिक्षामा उत्रीण हुनुपथ्र्यो, जुन परिक्षामा सबैले सजिलैसँग भाग लिन भने पाउदैन थिए । तर त्यसबेला यदि राजपरिवारसँग चीनजान भएकाहरु भने परिक्षामा पनि सजिलै भाग लिन्थे र सजिलैसँग उत्रीण पनि हुन्थे । यस कुराले यो प्रष्ट पार्छ कि ति गायक गायिकाहरु सबै संगीतको ज्ञानले मात्र त अवश्य उत्रीण हुन्थेनन् । त्यसो भए के तिनीहरुलाई अहिले वरिष्ठ भन्न सुहाउँछ त ?

कान्तिपुर टेलिभिजनको पलेटी जस्ता कार्यक्रमहरुमा बेसुरा गीतहरु प्रस्तुत गरि धेरै ति वरिष्ठ भनिदाहरुले यो कुराको पुष्टी पनि गरिसकेका छन् । र अर्कातिर, यहि ती गायक गायिकाहरु साच्चै नै नेपाली संगीतलाई सम्मान गर्ने ज्ञानीहरु भएका भए रिमिक्सका नाममा आफैले गीत बिगार्ने वा अरुलाई विगार्न दिने पक्कै गर्थेनन् होला ।

यस्ता सबै कुराहरु प्रष्ट भइसक्दा, हामी भन्दा केहि दशक अगाडी जन्मिदैंमा वा कपाल फुल्दैमा वरिष्ठ भन्न कत्तिको मिल्छ ?