Sunday, December 21, 2008

हेलो, मन्त्री ज्यू ठिक भयो त फुटपाथ ?


हालैको कुरा भन्नु पर्छ, हाम्रा मन्त्री बामदेवले जुवाघरहरुमा नेपालीको प्रबेश बन्द गराउने, फुटपाथ सफा राख्ने जस्ता कुराहरु गरेर जनताहरुको अगाडी, अहिलेको गफ मात्र हान्ने सरकारको मन्त्री भएपनि म चै काम पनि गर्छु है भनेर देखाउन खुब खोजे । अर्को शब्दमा भन्नु पर्दा जनताको अगाडी नायकै बन्न खोजे र केहि हदसम्म त सफल पनि भए भन्नुपर्छ । तर...

तर एकाएक, क्यासिनोका कर्मचारीहरुले करोडौंको घुष मागेको कुरा सबुत सहित ल्याउन सक्छौं भनेर विभिन्न संचारमाध्यमहरुमा आएपछि त्यो कुरा त्यसै तुहियो । त्यसपछि आयो फुटपाथको कुरा । फुटपाथ पनि सुरुमा त सफा नै पारे तर अहिले फेरि जस्ताको तस्तै छ । कि मन्त्रीलाइ उनीहरुले पनि डिमान्ड पुर्याइदिए ?

आजभोलि तिनै पहिला फुटपाथ सफा पार्न तम्सिने प्रहरीहरु ति फुटपाथ व्यपारीहरुसँग गफ गर्दै बसिरहेका भेटिन्छन्‌ । हामीले त्यस्तै एक प्रहरीलाइ किन फुटपाथबाट अवैद्ब व्यापार हटाइदैन आजकाल भनेर सोध्दा उनी भन्छन्, त्यतिबेला आदेश थियो अहिले छैन । अझ यो सुन्दा अचम्म लाग्न सक्छ कि, नेपालका विभिन्न नगरपालिकाहरुले पहिल्यै देखि ति फुटपाथ व्यापारीहरुसँग कर उठाउँदै आएका छन् र आज पनि उठाउने क्रम जारी छ ।

त्यो बेला जनताको अगाडी नायक बन्न तम्सिएका मन्त्री ज्यूलाइ हाम्रो मात्र एउटा प्रश्न :

"हेलो, मन्त्री ज्यू ठिक भयो त फुटपाथ ?"

No comments: