Saturday, December 13, 2008

Indian Idolमा होइन, जीन्दगीको दौडमा जिताउँ


अघिल्लो वर्ष Indian Idolमा नेपाली भाषी प्रशान्त पुगेका थिए, संसारभरका नेपालीहरुले उसलाइ करोडौ खर्चेर जिताए । त्यस जितमा नेपालीहरुले जहाँ के के नै भएको झैं खुशीयाली मनाए भने उता भारतमा Indian Idol कार्यक्रमकाहरु भने नेपालबाट भोटको रुपमा आएको पैसाले मख्ख थिए । अर्कातिर, Indian Idol नै जितेका प्रशान्तको जीवनस्तरमा हालसम्म पनि कुनै परिवर्तन पक्कै छैन ।

एउटा सानो पर्दाको कार्यक्रममा जिताउनको लागि करोडौं खर्चिनु के उचित थियो त ? के त्यसरी भोटमा खर्चिनु भन्दा प्रशान्तलाइ नै एल्वम आदि बनाउन नगद सहयोग गरेको भए नेपाल र नेपालीको शिर उच्च हुने थिएन ? हुन सक्छ, त्यसबेलाको अनुभव पहिलो चोटि भएर पनि हो, तर यस वर्ष नेपालबाटै भोट गर्न मिल्ने गराएको Indian Idolमा भोट दिएर आफुलाइ मुर्खको दर्जा नदिउँ ।

यस वर्ष हाल सम्म रहेका नेपाली भाषी कपिल थापालाइ Indian Idolमा होइन, उनको जीन्दगीको दौडमा जिताइ, संसारमै नेपाल र नेपालीको शीर उच्च पारौं ।

जय नेपाल

1 comment:

Krishna said...

yes, you are right, I also say that