Sunday, January 4, 2009

सरकार र दुइ नम्बर व्यापार - Maoist Government Turning Black Money To White


कहि दिन यता, सरकारले आफ्नो कर धेरै जम्मा गर्ने योजना सुनाउने कुरा चल्दा सबैले मावोबादीको योजनाहरु हात्ती आयो हात्ती आयो फुस्सा जस्तै त हो नि भन्ने सोचेका थिए तर योजना सुनवाइ हुँदा सबै चकित परे । अर्थ मन्त्रीले घुमाएर भने, "अब दुइ नम्बरी गरेर कमाएकाहरुलाइ सुवर्ण अवसर, १०% कर तिर्नुहोस् जस्तोसुकै गरेर कमाएको सम्पत्तिलाइ मेहेनतको कमाइ बनाउनुहोस् । भन्सार नै छल्याहोस्, हतियार नै बेच्याहोस् वा अरुको लुटपाट वा जबरजस्ती गरेर जम्मा गरेको होस् केहि फरक पर्ने छैन ।" बोलेका त यहि हुन् अर्थ मन्त्रीले मात्र शब्दहरु मात्र फरक थिए ।

अझ नभएर यो बारे आजकाल विज्ञापन पनि आउन थालेको छ टेलिभिजनमा मह जोडीको । सँधै जनतालाइ जागरुक गराउने विज्ञापनहरुमा मात्र देखापर्ने मह जोडी यस्तो विज्ञापनमा कसरी ? खै यो त उहाँहरुलाइ नै थाहा होला, कि उहाँहरुले यो योजना बारे अलि विचार नपुर्याएर हो ?

जे होस् यो योजनाले त यहि नै स्पष्ट पार्छ कि अहिलेको सरकार त जनताको भन्दा पनि चोर फटाहाहरको सरकार हो । अर्कातिर, यसै योजनाको प्रयोगले मावोबादीले लुटेका, कब्जा गरेका आदि सम्पत्तिहरुलाइ पनि त मेहेनतको कमाइ बनाउने योजना होला नि सरकार हो ।

आशा छ, अर्को चुनाव पछिको अर्को सरकारले यो स्वयम कर योजना अन्तरगतको कर तिराइको छानबिन गर्छ ।

No comments: