Friday, January 2, 2009

मावोबादी सरकारको हिन्दु धर्म माथि हस्तक्षेप - Politics in Pashupati Nath Temple


मावोबादी जबदेखि सरकारमा छन्, विभिन्न क्षेत्रमा क्रम भङ्गताको कुराहरु समाचार बन्न थालेका छन् । राजनितिको कुरा क्रमभङ्ग हुनुमा हामीलाइ खासै आपत्ती छैन, बरु नराम्रा कुराहरुमा क्रम भङ्गको कुराहरु सुन्न पाए अझ राम्रो हुन्थ्यो । तर काटमार र आतङ्कको बानी लागेका मावोबादीहरुबाट आश पनि के नै गर्न सकिन्छ र ? तर यतिसम्म गर्ला भनेर कसैले सोचेका थिएनन् जतिसम्म आज देख्नु परिरहेका छन् ।

केहि महिना अघि मावोबादी सरकारले इन्द्र जात्रामा हस्तक्षेप गरेको थियो । तब हिन्दु धर्म र त्यस भोटो जात्रामा आश्था राख्ने नेपाली जनताले त्यसको ठूलो विरोध गरेको थियो । र आखिरमा सरकारले त्यस हस्तक्षेपबाट हात पछाडी सारेको थियो ।

तर अहिले आएर, कुकुरको पुछ्छर झै सरकारले फेरि ठूलो गल्ती गरेकोमा हामीले यो सरकारलाइ कसरी बुझ्ने ? र झन् यस पटक त विश्वभरिका हिन्दुहरुको आश्था जोडिएको पशुपतिनाथ मन्दिरको कुरामा मावोबादि सरकारले राजनिति गरेकोमा यो सरकारलाइ कसरी मुल्याङ्कन गर्ने ?

अर्को शब्दमा भन्नु पर्दा, यो मावोबादी सरकारबाट यहि नै बाँकी थियो । अरु सबै जस्ता जनता मार्ने र रुवाउने काम त पहिल्यै गरिसकेका थिए ।

हाल यो सरकारले गरेको कुकर्मको कुरा भन्नुपर्दा, यो विश्वभरका हिन्दुहरुले पुज्ने पशुपतिनाथ मन्दिरको कुरा हो । पशुपतिनाथ मन्दिरमा वर्षौ देखि भारतिय पुजारीहरुले मात्र पुजा गर्ने परम्परा छ । यस्तै परम्परा भारतका विभिन्न मन्दिरहरुमा पनि छन् जहाँ आजपनि मात्र नेपाली पुजारीहरुले मात्र पुजा गर्छन् । यस्ता परम्पराहरु शुभ होस् भन्ने धारणाले पनि मानिदै आएको हो । तर डर धम्कीले देश चलाउने सोच भएका सरकारले यस्तो पवित्र कुरामा पनि राजनिति धुसाएको छ । मावोबादी सरकारकै दबाबले हालका पुजारीलाइ केहि दिन यता राजीनामा दिन लगाइयो भने, अर्कातिर मावोबादी सँग निजिक भएका नपाली पुजारीहरुलाइ नयाँ पुजारीको रुपमा नियुक्ती गरियो । यो हिन्दु धर्म कै विरुध मावोबादीले यो कस्तो राजनिति गर्न खोजेको हो ?

अर्कातिर, मावोबादीकै राजनितिले गर्दा हिजो पशुपतिनाथ मन्दिरमा पुजा भएन जुन पशुपतिनाथको उत्पत्ती दखि आजसम्म कहिल्यै भएको छैन। हिन्दु धर्मगुरुहरु भन्छन्, भगवान पशुपतिनाथको प्राण नै पुजामा हुन्छ र पुजा नहुनु नेपालमा ठूलो खतराको संकेत हो भन्छन् ।

No comments: