Tuesday, August 12, 2008

ट्राफिक र प्रहरीको दशैं सुरु भयो


हिन्दुहरुको महान चाड, दशैं हरेक वर्षधुमधामका साथ मनाइन्छ । यो कुनै नौलो कुरा होइन, तर यो सुन्दा अचम्म लाग्न सक्छ कि केहि नेपालीहरु दशैं सुरु हुन महिना दिन अघि नै यो पर्व मनाउन थाल्छन् ।
दशैं पर्व कुन महिनामा पर्छ र मनाइन्छ सबैलाई अवगत नै छ तर केहि दिन यतादेखि चितवनको शहर नारायणगढमा, हरेक बेलुकीको समयमा ट्राफिकहरु र प्रहरीहरु मिलिजुली दशैं मनाउन थालेका छन् । दिनभर खोज्दा पनि नभेटिनेहरु बेलुकीको समयमा भने शहिदचोकको बीचमा भेला भई हरेक मोटरर्साईकलको चालकको हेलमेट र लाईसन हेर्नमा व्यस्त देखिन्थे ।

हेलमेट वा लाईसन नभएकालाई कसैलाई रसिद काट्ने त कसैसँग कुनातिर गएर गफगाफ भने कहिलाई माथिबाट आदेश आएकोले छोड्नुपर्ने वाध्यता सबै हाम्रो आँखा अगाडी । यो बारे हामी बोल्दैनौ, तस्वीरहरु बोल्छन् ।

एकजना ट्राफिकलाई हामीले सोध्यौं पनि, ''किन यति राती राती चेकिङ ?'' उत्तर आयो, ''दुर्घटनाबाट बच्न ।''त्यसो भए के राती मात्र दुर्घटना हुन्छ त ? दिनको समयमा दुर्घटना हुँदा ब्याक गरेर मान्छे मार्दा कहाँ हुन्छन् त ट्राफिकहरु ? कि ट्राफिकको काम राती ९ बजे पछि मात्र सुरु हुन्छ ? कि गणतान्त्रिक नेपालमा पनि तलब पकाउने तरिका यथावत रहेको हो ? खै सरकार कहाँ छ ? कुनै नेताहरुलाई मन्त्रालय बाहेक अरु कुरा दिमागमा आउँछ ?

के यहि हो नँया नेपाल ?

No comments: