Tuesday, July 29, 2008

जनतालाई अराजक तत्व भन्ने नेताहरु धिक्कार तिमीहरुलाई

जब राष्ट्रिय भेष, राष्ट्रिय भाषा र राष्ट्रियताको एउटा साधारण नेताले खिल्ली उडायो, तब उत्रीए नेपाली जनताहरु सडकमा नेपालीमा कोर् इज्जत बचाउन । तर उतातिर विभिन्न नेताहरु भने निजी तथा पार्टीगत स्वार्थको लागि मौन रहे । नेपाली आमाकोर् इज्जत लुछिदा, एक शब्द पनि बोल्न चाहेनन् । कस्ता नेताहरुलाई भोट दिएर त्यो ठाउँमा उभ्याएछौं - यति मात्र अझ कम थिएन, हिजो कहि नेताहरुले तिनीहरुको नेपाली जनतालाई अराजक तत्व भनेर नामाकरण गरे । विभिन्न पार्टीका विद्यार्थीहरुले आन्दोलन त सुरु गरेका हुन् तर आन्दोलनले नराम्रो रुप लिनुको कारण अराजक तत्वहरु हुन् भन्ने कुराहरु नेताहरुको मुखबाट सुन्नुपर्दा हामी नेपाली जनता दङ्ग छौं ।

पहिलो कुरा नराम्रो रुप भन्नाले ? र अर्को कुरा पार्टीसँग सम्वन्धितहरु मात्र जनता हो जस्तो लाग्छ ? यदि नेताहरु तिनीहरुकै पार्टीसँग सम्वन्धितहरुले नै सबै गरेका हुन् भन्ने सोच्छन् भने त्यो तिनीहरुको मुर्खता हो र यो आम जनता जसले तिनीहरुलाई पद दिएर राखेका छन् उनीहरुलाई चुनौती हो । यहिले जुन आन्दोलन भईरहेको छ यो कुनै पार्टीले गरेको होईन, यो नेपाली मुटु भएका आम जनताको आन्दोलन हो । हरेक चोटि आन्दोलन आम जनताहरुले नै गर्छन् तर धेरैजस्ता यी आन्दोलनहरुमा पछि विभिन्न पार्टी सम्लग्न भई चतुर्याईपुर्वक आफ्नो स्वार्थ पुरा गर्छन् । त्यसैले त यो पटक आफैले छानेका नेताले यत्रो ठूलो गल्ती गर्दा पनि यी नेताहरुको बोली नफुटेको । धिक्कार छ तिमीहरुलाई ।

त्यसैले हामी ती नेताहरुलाई केहि कुराहरु बुझाउन र केहि कुराहरु याद दिलाउन चाहन्छौं ।
राष्ट्रिय भेष, राष्ट्रिय भाषा र राष्ट्रियता खिल्ली उडाउने बिरुद्दको आन्दोलन, जनताले देश चलाउन जिम्मा दिएका नेताहरुले केहि नगरेपछि, ठूलो रुप लिनु स्वभाविक हो । नेपाली आमाकोर् इज्जत बचाउनु कता कता, उल्टै राष्ट्रबादीहरुलाई अराजक तत्व भन्ने नेताहरुको कत्रो साहस ? नेताहरु यो याद राख कि हामी जनताले नै भोट दिएर तिमीहरु त्यो ठाउँमा पुगेका छौ र हामीले तिमीहरुलाई त्यहाबाट खसाल्न पनि सक्छौं ।

राष्ट्रियता जस्तो ठूलो कुराको समर्थनमा केहि बोल्न नसक्ने नेताहरु नेता नै होईनन् । हामी नेपाली जनतालाई यस्ता नेताहरु स्वीकार्य छैन । जनताको इच्छा चाहना बुझ्न नसक्नेहरु हाम्रो नेता नै हुन सक्दैनन् । हामी यस्ता नेताहरुको वहिस्कार गछौं ।

हाम्रो भाषा, हाम्रो भेष र राष्ट्रियता हामीलाई हाम्रो प्राण भन्दा प्यारो छ ।

No comments: