Tuesday, July 29, 2008

हाम्रो आन्दोलन जारी छ

अहिले विभिन्न पार्टीका विद्यार्थी संगठनहरु हामीले आन्दोलनका कार्यक्रमहरु फिर्ता लियौं भन्दै छन् तर नेपाली जनताको आन्दोलन अझै जारी । हिन्दी भाषामा सपथ विरुधको आन्दोलन कुनै पार्टीका इसारमा चल्ने विद्यार्थी संगठनहरुले गरेका होईनन् त्यसैले तिनीहरुले फिर्ता लियौं भन्दैमा नेपाली जनताको आन्दोलन रोकिदैन । यो आम जनताले आफ्नो देश, भाषा र भेष बचाउन गरेको आन्दोलन हो । जनता ओईरिएको देखेर आन्दोलनमा साथ दिन आउने र पछि हामीले फिर्ता लियौं भनेर घोषण गर्ने विद्यार्थी नेताहरुलाई हामी नेपाली जनताले अब कुन रुपमा हेर्ने, यो सोच्नु पर्ने विषय बनेको छ ।

हिन्दी भाषा नेपालको कुनै पनि ठाउँमा बोलिने भाषा होईन र अर्का तिर परमानन्द झाले हिन्दी भाषाको प्रयोग गरेर आफ्नै मैथिली भाषाको पनि अपमान गरेको छ ।राष्ट्र भाषा र मातृ भाषा दुवैको अपमान गर्ने व्यक्ति कुनैपनि हालतमा हाम्रो देशको उपराष्ट्रपति हुन सक्दैन ।
परमानन्द झाले राजीनामा दिनै पर्छ ।

No comments: