Wednesday, November 5, 2008

सरकारले रोगको सुइ लगाउन अझै छाडेन जनतालाई


विदेशीहरुले कहिले काहिं ठट्टा गरेको सुनिन्छ, "जीवनमा कम्तीमा एक चोटि बिरामी हुने सौ भात्य भए नेपाल जान पाइन्छ ।" यसलाई सकारात्मक रुपमा लिएर यसो हाम्रो वरपर हेर्ने हो भने यो कुरा बाह्र टक्कै साँचो हो भन्ने पुष्टी हुन्छ । यो वषौं देखि सुनिदै आएको कुरा हो र हाल सम्म आइपुग्दा, ठूलै परिवर्तनको भाषण दिने मावोबादी सरकारमा हुँदासम्म स्थीति त्यस्तै छ ।

नेपाल संसारकै सबैभन्दा गरिब देशहरुमा पर्छ । यस्तै सबैभन्दा फेहरी देशहरुको नाम लिंदा, ने पालको नाम पनि छुट्दैन । तर कुनै बेला हाल सरकारमा भएकाहरुले यस्ता लाज मर्दो सुचीहरुबाट नेपाललाई टाढा राख्ने वाचा गरेका थिए । खै त, भोट कमायो, सरकार बनायो, बिर्सीयो आफुले बोलेका कुराहरु ?
हावामा फोहर, पानी त्यस्तै फोहर, बाटोमा हिड्दा त्यस्तै फोहर । कतै फोहर नदेख्नको लागि आँखै चिम्लेर हिडेपनि, त्यस्तै गनाउने । यस्तै फोहरहरुले गर्दा सबै बिरामीका बिरामी । लाग्छ, सरकारले जनतालाई रोगको सुइ अझै हाल्न छोडेका छैनन् ।

No comments: