Monday, November 17, 2008

फेरि फकिए राम बहाढुर


Photo Coourtesy: Annapurna Post

नाम सुन्दा को हो र जस्तो लाग्छ तर नव बुद्ध भन्नासाथ सबैको याद ताजा हुन्छ । हो केहि वर्षयता देश तथा विदेश मै ठूलो तहल्का मच्चाउने राम बहादुर बम्जनको कुरा हो यो । ध्यान गर्न गाह्रो भएको भन्दै अचानक गायब भएका राम बहादुर हालै फेरि देखा परेका छन् । अब सत्य तथ्य खोज्ने कि -

जंगलको बीचमा केहि सेवन नगरी ध्यानमा बसेर आफुलाई गौतम बुद्धको अवतारको रुपमा चिनाउने, राम बहादुर केहि दिन यता अचानक देखापरेर सबैलाई दङ्ग पारेका छन् । तर के साच्चै उनी बुद्धको अवतार नै हुन् त - केहि भन्छन् यो कलियुगमा कुनै अवतारको जन्म हुनु असम्भव छ र केहि भने उनी साच्चै बुद्धको अवतार मन्दै पुजा गर्ने तथा दान दिने गरि रहेका छन् । अर्कातिर अहिलेका बै ज्ञानिका युगकाहरु यसलाई केवल ढोङ्गको रुपमा हेछन् ।

तथ्य हेर्ने हो भने, राम बहादुर पहिलो चोटि गायब हुनु अघि उनलाई चढाइएको र दान पेटिकामा दान दिएको रकम करोडौं थियो । त्योबारे अहिले कोहि केहि बोलेको छैन र कतिलाई याद पनि छैन । कहाँ गयो त त्यत्रो पैसा ? केमा प्रयोग भयो होला अर्कातिर, शान्तिको खोजीमा ध्यान बस्दै आएका राम बहादुर, अहिले अचानक आएर स्टेजमा माइक समातेर प्रवचन गर्न थाल्नुलाई के भन्ने ?

यसबारे सरकारले पनि केहि छानबीन गर्ने होकि ? अनि, जनता आफै पनि जागरुक हुन जरुरी छ ।

No comments: