Saturday, November 1, 2008

दिदिबहिनी दाजुभाई नभएकाहरुको भाई टिका


हरेक वर्षदशैं पछि मनाइने अर्का ठूलो चाड, तिहार हिजो भर्खर सिद्धिएकोछ । यस पर्वको अन्तिम दिन भाईटिकामा दिदिबहिनीहरुले आफ्ना दाजुभाईहरुलाई टिका लगाइदिने चलन छ । अर्कातिर, दिदिबहिनी नभएका वा दाजुभाई नभएकाहरु केहि वर्षअघिसम्म मन खिन्न बनाई बस्ने गरेतापनि हाल आएर उनीहरुकमा पनि खुशीको परिवर्तन आएको छ ।

भनिन्छ, भाईटिकाको दिन यमराजले टिका थापिरहेका दाजुभाईको मृत्यु पनि माफ गर्छन् रे । यहि भनाईलाई आत्मसाथ गरी होस् वा चलि आएको चलनको रुपमा लिई, यस दिन, दाजुभाईहरुले आफ्ना दिदिबहिनीहरुको हातबाट टिका थाप्छन् । टिका थापेपछि दाजुभार्इ हरुबाट उपहार पाउनु पनि दिदिबहिनीहरुको लागि छुट्टै रमाइलो हुन्छ । दाजुभाई दिदिबहिनी हुनेलाई त यो चाड अत्यन्त रमाईलो हुन्छ, तर केहि वर्षअघिसम्म नभएकाहरुलाई दाजुभाई वा दिदिबहिनी नभएको याद दिलाउने नरमाइलो चाड हुन्थ्यो ।

तर, हाल यो फरक छ, र यस चाडमा ठूलै र राम्रो परिवर्तन आएको छ । अब दिदिबहिनी वा दाजुभाई नभएकाहरुले पनि भाईटिका हषर् का साथ मनाउँछन् । काठमान्डौ स्थित रानीपोखरी यस दिन दाजुमाई नभएका दिदिबहिनीहरु टिका लगाईदिन बस्ने गर्छन् । र दिदिबहिनीहरु नभएकाहरु पनि त्यहाँ टिका लगाउन भिड हुन्छन् । काटमारको समाचार सामान्य भईसकेको हाम्रो देश नेपालमा, रगतको नाता जस्तै भावनाको नातालाई पनि भाईटिकाको दिन पारेर इज्जत दिनुले सच्चा नेपालीको मानवीय स्वभावलाई दर्साउछ ।

No comments: