Tuesday, September 9, 2008

नाच्न जान्दैन, आगन टेंडो - प्रचन्ड

केहि गर्ला भन्ने आशाले, नेपाली जनताले नयाँ पार्टीलाई मावोबादीलाई भोट दिएर विजय बनाए । र फल स्वरुप मावोबादीकै नेत्तृत्वमा सरकार गठन भयो ।

एकातिर, जनताको भावना विपरित मन्त्रालयको लागि तछाड मछाड गरेर नेपाली जनतालाई विभिन्न पार्टीका नेताहरुले देखाएका सपनाहरु झुठा भएका जनता बीच र्छलङ्ग भयो भने अर्कातिर सरकारले पुर्णता पाएको हप्ता दिन नहुँदै, "हाम्रो सरकारलाई असफल बनाउने षड्यन्त्र हुँदैछ" भन्ने प्रधानमन्त्रीको भनाईले नेपाली जनतालाई यो भन्न वाध्य गराएको छ -

जंगल छाडेर शहर पसेदेखि जे गर्दा पनि आफै डराएर भन्न थालेका, "हामीलाई असफल बनाउने षड्यन्त्र हुँदैछ" भन्ने वाक्यलाई अलि बदलेर "हामीले सरकार चलाउन नसक्ने होकि - डर लागि रहेछ" भन्नुपर्यो ।

नाच्न जान्दैन, आगन टेंडो

No comments: