Sunday, September 14, 2008

नयाँ नेपाल कस्को लागि, जनता वा नेता ?

२०६३ को जनआन्दोलन यता विभिन्न पार्टी नेताहरु ठूलै परिवर्तन ल्याउछौं भनेर दिनथालिसकेका थिए । झन् मावोबादी पार्टी त क्रान्तिकारी तथा वैज्ञानिक परिवर्तनको सपना देखाए । तर ...
धेरै समय राख्दा राख्दा हाम्रो देश कुइन लागिसकेको कुरा गरेर, ति पार्टीले नेपाली जनतालाई विल्कुलै नयाँ सपना बाँढे नयाँ नेपाल बनाउने ।
लगभग १० वर्षअन्तराष्ट्रिय रुप मै आतङ्ककारी घोषित मावोबादी पार्टी जंगल छोडेर वार्ताको माध्यमबाट नयाँ सरकार बनाउन राजधानी पसे, नेपाली जनताले अब त केहि राहत होला भन्ने आशा गरे । चुनाव जित्नको लागि मावोबादीले सुकुम्बासीहरुलाई घर, गरिबलाई भत्ता, बेरोजगारलाई काम, देशभरी रेल सेवा, १०००० मेगावाट बिजुली उत्पादन आदि जस्ता थुप्रै सपनाहरु बाँढे । जसले गर्दा मावोबादी अत्याधिक मतले विजयी भयो । तर खै त नयाँ नेपाल - हाल आएर जनताहरु बल्ल बुझदैछन् सपना भनेको सपनै हो ।
जनताले कुनै दृष्टीकोणबाट कुनै राम्रो परिवर्तन भएको देखेको छैन । परिवर्तनको लागि समय लाग्ने भएपनि सुरुवातको पनि त अभाष छैन । कि नयाँ नेपाल नेताहरुले जनताको लागि नभई आफ्ना लागि मात्र पो भनेका थिए - यता जनतालाई ग्यास, पेट्रोल, खाद्म आदि जस्ता धेरै कुराको अभाव भईरहँदा, उता मावोबादीलाई सरकारसम्म पर्याउन ठूलो भुमिका मावोबादी लडाकुहरु दुख कष्टमा बसिरहँदा, भर्खरै जंगलबाट शहर पसेको नेताहरु सानदार घर किन्ने, सँधै ५ तारे होटेलमा भेटघाट, पाजेरो गाडी चढ्नुले त यस्तै देखाउछ ।
जे होस् अरु कसैलाई नँया नेपालको आभाष अलिकति पनि नभएतापनि नेताहरुको नँया नेपाल भने पुर्णतय बनिसकेको छ ।
यस्ता नेताहरुको कुर्ची, मन्त्रालय जसोतसो टिकोस्जय होस्

No comments: