Tuesday, September 30, 2008

रु १०० मा नेपाल बन्द


नेपाल विश्वको एउटै यस्तो देश हो जँहा जसले जति बेला मन लाग्यो त्यति बेला बन्दको घोषण गर्छ र बन्द गर्छ । विश्वका अन्य दे शहरुमा भने देश बन्द गर्ने कार्य हुँदैन र कुनैपनि देशव्यापी विरोधमा पनि विरोध गर्ने ठाउँ, विरोध गर्ने तरिका तोकिएको हुन्छ । तर दुखको कुरा, नेपालको हालत हामी सबैको अगाडी नै छ । यति धेरै नेपाल बन्द गरिन्छ र हरेक चोटि जसले गरेतापनि देशलाई करोडौंको घाटाका साथ बन्द सफल पनि हुन्छ । हरेक कुरामा धेरै भन्दा धेरै असफलता हात पर्ने नेपालमा यहि बन्दमा चाँही संधै सफलता, कसरी ?

यसै प्रश्नको खोजीमा लाग्दा हामीले यस्तो जवाफ पायौं । एउटा राष्ट्र नै बन्द गराउनु त्यति सजिलो नदेखिएतापनि यो वास्तवमा धेरै सजिलो हुँदो रहेछ, यो कुरा हामीलाई अहिले प्रष्ट भएको छ । कुनैपनि पार्टी वा संघ संस्थाले बन्द गराउँदा, त्यसलाई सफल बनाउन पार्टी कार्यकर्ता वा संघ संस्थाका सदस्यहरुको हात हुने जस्तो देखिएतापनि त्यो वास्तवमा हुँदैन । सफल बनाउँछन् सोझा साझा जनताले ।

सबैभन्दा पहिला, साधारण जनताहरु बन्द भन्ने बित्तिकै डरले आफ्ना कामकाज बन्द गर्छन् । अर्कातिर स्कुल कलेज जान अल्छी मान्ने विद्मार्थीहरुलाई बन्द भएमा बिदा हुने गर्दा सडकमा सवारी साधनहरु चल्न नदिई बन्दको अप्रतक्ष रुपमा बन्दको कार्यक्रम सफल बनाइरहेका हुन्छन् । र बन्दको साफलताको पछाडीको भित्री कुरा यस्तो पनि हुन्छ, टन्टलापुर घाममा बाटोमा उभिएर बन्द सफल पार्न भाडाका ट्टुहरु पाइन्छ । हरेक त्यस्ता ट्टुहरुले एक दिनको कार्य सम्पन्न गरेको रु १०० ज्याला लिन्छन् । रु १०० बापत, तोकिएको समयसम्म व्यवसाय बन्द गर्न लगाउने देखि सवारी साधन चल्न नदिने सम्म गर्छन् । यहि हो नेपाल बन्दको तितो सत्य ।

1 comment:

Anonymous said...

The truth unveiled....