Thursday, October 2, 2008

जंगलमा द्रोपति भएर बसेकाले नारी अस्मीताको कुरा गर्न सुहाउँदैन - मिस नेपाल


फेरी मिस नेपाल कै कुरा हो यो । हरेक वर्षविरोध हुँदैआएको सौर्न्दर्य प्रतियोगिता यस वर्षनि विरोध मै फस्यो तर यस वर्षो विरोध भने अलि फरक छ । यस वर्षो विरोधले यो प्रतियोगिता मात्र रोकेन, यस वर्षभाग लिने प्रगियो तिहरुलाई मानसिक तनाव नै दियो ।

कुनैपनि कार्यक्रमको विरोध गर्न अवश्य पाईन्छ, तर हुनै नदिनु भने अहिलेको गणतान्त्रिक नेपालमा बल प्रयोग गरि हुनै नदिनु कत्तिको सुहाउँदो कुरा हो । अझ यतिले नपुगेर प्रतियोगीहरुलाई धम्की, अश्लील कुरा जस्ता घटिया उपाय लगाएर मानसिक तनाव दिनु, के यहि हो मावोबादीको भाषामा गणतन्त्र ?

केहि दिन यता, यस वर्षा मिस नेपालका प्रतियोगीहरुले एक प्रेस भेला गरि यस बारे सबैलाई यस बारे जानकारी दिए । कसैलाई राती १२ बजे फोन गरि धम्क्याउने, कसैलाई अश्लील गालीहरु दिने भने कसैलाई घरबाट निस्केमा पनि नराम्रो हुने जस्ता डर देखाएर के बुझाउन खोजेका हुन त मावोबादी निकट यी मिस नेपाल विरोधीहरुले ?

के हेरेर बसेको छ यो सरकारले - कि साच्चै कांग्रेसका गिरिजाले भने झैं यो कामचलाउ सरकार नै हो ? र अर्कातिर एक पुर्व मिस नेपाल प्रतियोगीले भने झैं जंगलमा द्रोपतिको रुप धरेर बसेकाहरुले अहिले आएर नारी अस्मिताको कुरा गर्दै मिस नेपालको विरोध गर्न सुहाउँछ त ? हाम्रो प्रश्न पनि यहि हो, सुहाउँछ ?

No comments: