Friday, October 17, 2008

प्रचन्डलाई दउरासुर्वाल र हिसीला यमीलाई गुन्योचोलो लगाउन सिकाउँदै दार्जिलिङबासी

नयाँ नेपाल बनाउछु भन्दै हिड्ने प्रचन्ड, सरकारी कामकाज गर्दा पनि नेपालको राष्ट्रपोशाकको अपमान गरी सँधै विदेशी लुगाहरु मै दे खिन्छन् । यस्तो कार्य देशकै प्रधानमन्त्रीले गर्न कति सुहाउने कुरा हो त्यो छुट्ट्याउने जिम्मा तँपाईहरुको । यसबारे कहिले काहिँ पत्रकार साथीहरुले उहाँसामु कुरा उठाउँदा उनी भन्छन्, पहिलेका नेताहरु सबैले राष्ट्रपोशाक लगाएर के नै गरेर देशको लागि, यस्तै यस्तै । हाम्रो भनाई, नेपालको राष्ट्रपोशाक - दउरासुर्वाल लगायो भन्दैमा कसैको कार्यमा परिवर्तन आउँछ भन्ने होइन, बरु यसलाई लगाउदा त झन नेपाली हुँ भन्ने परिचय दिई गर्वका साथ काम गर्न सकिन्छ । कि दउरासुर्वाल लगाएर प्रचन्डलाई बैज्ञानिक परिर्वतन ल्याउन असजिलो हुन्छ ? कि सँधै दउरासुर्वाल लगाउन लाज लाग्छ प्रधानमन्त्री प्रचन्डलाई ? उता मावोबादी कै हिसीला यमीको ताल पनि त्यस्तै छ । उनलाई पनि गुन्योचोलो लगाउन लाज लाग्छ रे । त्यसैले उनी पनि सँधै सुटपाँइट लगाएर हिड्छन् जस्ले गर्दा कहिले कांहि त उनलाई केटा मान्छे भनेर धेरै झुक्किन्छन् । त्यसैले प्रचन्डलाई र हिसीला यमीलाई राष्ट्रपोशाक लगाउन सिकाउँदै छन् दिर्जिलिङबासीहरुले ।


कुनै बेला नेपाली भुमि रहेको दाजिलिङ हाल भारतको भुमि मानिएतापनि, त्यहाँ बसोबास गर्ने नेपालीहरुले अझै आफ्नो देश नेपालको राष्ट्रभेष, भाषा, संकृति आदिलाई भुलेका छैनन् । वर्षौ देखि गोर्खाल्यान्ड आन्दोलन गर्दै आएका त्यहाँका वीर गोर्खालीका छोराछोरीहरु हाल त्यस आन्दोलनलाई अझ स्तरीय बनाउनको लागि आफुहरुले बेलाबेला लगाउँदै आएका नेपालको राष्ट्रपोशाक दउरासुर्वाल र गुन्योचोलो एक महिनाको लागि हरेक क्षेण लगाउने भएका छन् । यसले नेपालको राष्ट्रपोशाक यस्तो हो है भनेर नेपाली जनतालाई र विशेष गरि नेताहरुलाई पनि सम्झाउनमा ठूलो टेवा पुर्याएको छ ।


हामी दार्जिलिङका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको यस्तो कार्यको शिर झुकाएर प्रणाम गछौं । र अर्कातिर प्रचन्ड र हिसीला यमीलाई यहि आफ्नो देशको राष्ट्रपोशाक दउरासुर्वाल र गुन्योचोलो लगाउन लाज लाग्छ भने उनीहरु नेपाली नै होइनन् ।

No comments: