Monday, October 20, 2008

विचरा फुटपाथको कथा


म सँधै मेरो नातीको कम्प्युटर कोठामै रहेर सम्पुण काम गर्छ तर कुनै एक ठाउँमा बसेर यस ब्लगमा लेखहरु लेख्नु उचित हुँदैन भन्ने मेरो पनि मान्यता हो । केहि सहकर्मी भाईहरुको साथले देशका कुनाकाप्चाका कुराहरु समेट्ने कोशिस मेरो जारी भएतापनि आफु स्वयम नै उपस्थित भएर त्यहाँको कथा लेख्ने सौभाग्य भने प्राप्त भएको कमै थियो । त्यसैले एउटा फरक लुकेको कथाको खोजीमा म हिडे ।
न त आफ्नो सवारी साधन नै थियो न त पैसा गोजिमा, सँधै झैं आज पनि त्यहि आफु जस्तै बुढो लठ्ठी टेक्दै सुरु गरे मेरो यात्रा मेरो घरबाट । सँधै हिड्ने फुटपाथ आज भने मलाई अलि भिन्न लाग्यो । आज त्यो पिडित फुटपाथले मसँग बोल्यो ।

बटुवाहरुलाई सँधै फुल बिछाएर स्वागत गर्ने इच्छा राख्ने फुटपाथलाई केहि दिन अघिसम्म डोका, नाङ्ला, ठेला आदिले घोच्थे रे । सँधै पैदलयात्रीका पैतलाको र्स्पर्शको आशमा बस्ने उसलाई धेरै जसो त साइकल, मोटरसाइकल, गाडी आदिले किच्थे रे । उसलाई अतिक्रमण गरी बसेका स्वार्थी व्यपारीहरु उसकै माथि फोहरहरु फालेर हिड्थे रे । विचरा फुटपाथको शरिर नै छियाछिया पर्दासम्म कसैले देखेका थिएनन् रहेछ - न सडक विभागले, न सरकारले, न त उँसगै घर बनाई बसेका सर्वसाधरणले । सँधै शरिर धान्न गाह्रो पर्दा मलाई सम्हाल्ने उही फुटपाथको पिडा मैले पनि बुझ्न सकेको रहेनछु ।

धिक्कार छ मलाई ।

केहि दिन यता, बाम देव बावुको दिमाग सड्किएछ । कसैले नदेखेको फुटपाथको पिडा उसले देखेछ । हिजो उनी फुटपाथहरुलाई सान्त्वना दिदैं थिए रे । तर त्यहि स्वार्थी फुटपाथ व्यपारीहरुको भोट अर्को वर्षो चुनावमा नआउने डरले कुरा फेरिन्छ कि भनेर फुटपाथहरु अझै त्राशित छन् रे ।

फुटपाथहरु भन्दै छन् :
खै नयाँ नेपाल बन्ने कहिले हो
हाम्रो स्वरुप राम्रो बन्ने कहिले हो
हाम्रा साथी सडकलाई पनि नजलाऊ
देशमा छिटो शान्ति ल्याऊ, हामीलाई पनि बचाऊ

हजुरबा

2 comments:

Prabesh said...

कस्ता लाजपचेका हुँदा रहेछन् भने नि यी फूटपाथ व्यापारीहरू !! मान्छे हिँड्ने बाटामा गएर पसल थाप्ने अनि हटाउँदा उचित रोजगारी चाहियो भनेर उफ्रने !! निजामती सेवाबाटै हटाएजतिकै पो गरे त !!

Bikran said...

ekdam ramro an chune lekh .sarai ramro laagyo malai.