Sunday, October 19, 2008

अन्तराष्ट्रिय आन्दोलन स्थल - नेपाल


खुलेआम जहिले मन लाग्यो त्यहिले जहा मन लाग्यो त्यहि आन्दोलन गर्न पाउने देशको रुपमा प्रचलित देशहरुमा नेपाल अग्र स्थानमा पर्छ । जसले होला नेपालका आन्दोलनहरुले अन्तराष्ट्रिय संचारमाध्यमहरुमा ठाँउ पाउन छाडेका थिए । तर हाल आएर फेरी नेपालले अर्को रेकड कायम गरेर संसारलाई नै दङ्ग पारेको छ ।

नेपालमा विदेशी पर्यटक बढाउने विभिन्न उपायहरु खोजी भइरहेकै बेला, पर्यटककै रुपमा आएका सोमालियाका नागरिकहरुले अहिले नेपालमा आन्दोलन गरेर एउटा नँया रेकड कायम गरेका छन्, जुन अर्को रुपमा हेर्ने हो भने विदेशीहरुलाई आकर्षण गर्ने राम्रो उपाय हुनसक्छ । गैरकानुनी कामको लागि संसारकै सबैभन्दा उपयुक्त मानिने नेपाल, अब अन्तराष्ट्रिय आन्दोलन स्थल पनि बनाएमा पर्यटकहरुको घुइचो अवश्य बढ्ला । यसकै निरन्तरताले भविष्यमा लडाइ गर्ने थलो पनि नेपाल नै हुनसक्दैन भनेर भन्न सकिन्न । त्यसो भएमा त झन नेपालको महत्व अत्याधिक हुन्छ नि होइन र ? यस्तो कार्यको मौन बसेर समर्थन गरेकोमा नेपाल सरकारलाई बधाई छ ।

लाजै मर्दो भयो

2 comments:

Yumesh Pulami said...

नया मित्र लाइ आफ्नो घर भित्र देख्दा -खुसी नमानिरहन सकिन त्यो पनी साथ मा कमेन्ट सहित को कोसेली लीएर आउनु भएको रहेछ ।
अनि म तपाईको चौतारीमा एसो छिरेको थिए तर तपाइले किन हो कुनी ? बदमास राख्नु भएको रहेछ -आफ्नो ब्लग को नाम । तपाई आफु त बदमास हुनु हुन जस्तो लाग्छ ।
जेहोस कुराहरु त राम्रै रखनु भएको रहेछ ।

Prabesh said...

मलाई पनि साह्रै अचम्म लागेको थियो यो खबर सुन्दा । खत्तमै पार्ने भए हौ हजुरबा !! लौ न जोगाउनु पर्यो देशलाई !!