Thursday, October 30, 2008

भात खान शरिरको सौदा


पहिलो चोटि सुन्दा अचम्म लाग्छ । एकछिन बिचार गर्दा कुनै भोकमरीले सताएको मुलुकमा होला जस्तो पनि लाग्छ । तर यो सत्य हो नेपालको जहाँ भात खान शरिरको सौदा गर्न वाध्य महिलाहरु पनि छन् ।
दशकौं अघिको कुरा हो, बादी समुदायका महिलाहरुलाई पैसावाला ठूला वर्गका मानिसहरुले यौन सन्तुष्टिको लागि प्रयोग गर्थे जुन एक दशक अघिसम्म पनि चलिरहेको थियो । पिछडिएका बादीहरु पनि आम्दानीको कुनै स्रोत नभएका कारण त्यसलाई पेशा कै रुपमा लिन वाध्य थिए । पछि देवता कै रुपमा आए मावोबादी पार्टीले उनीहरुलाई त्यस पेशाबाट मुक्ति दिई आय आर्जनको बाटो खोलिदिने प्रण गरे । उनीहरुले पनि नयाँ जीवन पाउने कुरामा विश्वस्त भई मावोबादी पार्टीलाई भोट दिए । तर दुखको कुरा, मोवोबादी पार्टी अहिले सरकारकै नेत्तृत्व गरिरहँदा पनि उनीहरु झन् यो पेशा बिना भात खानसम्म नपाउने भएका छन् ।


चुनाव पछि बादीहरुले यौन पेशा त्यागेका थिए तर ठूलो आश देखाएका मावोबादी पार्टीले केहि नगरे पछि, सबै भोट कै लागि रहेछ भन्दै फेरि त्यहि पेशामा फर्केका छन् । एक बादी महिला भन्छिन्, "हामीलाई यस पेशाको नराम्रा कुराहरु पनि सबै थाहा छ । एड्स जस्ता अरु यौन रो गबारे पनि जानकार नै छौं तर भात खानकै लागि भएपनि शरिरको सौदा नगरि उपाय नै छैन, के गर्ने ? यौन रोगबाट बच्नको लागि हाम्रो समुदायमा कण्डमको प्रयोग चै अनिवार्य छ ।" आफु सचेत हुँदापनि यस्तो पेशालाई अपनाउनु कति दुखद वाध्यता हो। अझ, बादी समुदायमा पुरुषहरु आफ्नै घरका चेलीहरुको लागि ग्राहक खोज्न जाँदा तिनीहरु आफै भित्र भित्र कति मर्छन होला ?


के यहि हो मावोबादीको सांकृतिक क्रान्ति ?

1 comment:

Anonymous said...

I thinks it's good for them Badi women that they know the physical risks of prostitutions like AIDS and other STDs.

If they have been forced to go back to their old profession, why not do it with care and attention? Hopefully there are some social workers (real social workers) teaching them how to be safe.