Saturday, October 11, 2008

नेपालको माया लागेर फर्केका होइनन् राजाराम

कुनै बेलाका लोकप्रिय हास्य कलाकार राजाराम पौडेल हालै अमेरीकाबाट स्वदेश फर्केका छन् र त्यो पनि अब फिर्ता नजाने गरि । विदेशीएका यी कलाकार स्वदेश मै बस्ने सोच लिएर आएको कुरा सुन्दा उनको देश प्रतिको माया झल्किन्छ । लाग्छ, सबै यस्तै देशलाई माया गर्ने नेपालीहरु भइदिए - तर, यर्थाथ अलि भिन्न छ ।

नेपाली भुमी र नेपाली कला क्षेत्रलाई लात हानेर विदेशमा के के नै गर्छुभन्ने सोच लिएर अमेरिका पुगेका राजारामको हाल नेपाल फर्किनु कुनै देश प्रतिको माया नभइ वाध्यता हो । हँसाएर नेपालीहरुको मन जित्नुको सट्टा, अमेरिमा भाँडा माझ्ने भारी बोक्ने भविष्य रोजेका राजारामले त्यहाँ पुगेको केहि समय देखि नै उतैको बासिन्दा बन्ने प्रक्रिया सुरु गरेका थिए । तर हाल आएर उनको भिसाको समय सिद्धिएपछि र अमेरीकी सरकारले उनलाई त्यहाँको बासिन्दा हुन योग्य नभएको प्रत्र पठाएपछि, उनी नेपाल र्फकन बाध्य भएका हुन ।

जुन क्षेत्रले उनलाई एक सफल हाँस्य कलाकार भनेर चिनायो, धेरैको मनमा बसायो, त्यहि क्षेत्रलाई माया मारेर विदेश पलाएन भएका राजारामलाई, अमेरीकाले जबरजस्ती नेपाल मै घोक्राइ पठाएपछि अलिले भने नेपाल र यहँाको कला क्षेत्रबारे बढाइचढाइ कुरा गर्न थालेका छन् ।

No comments: