Saturday, October 18, 2008

एउटा मुर्ख केटिको कथा - निहिता विशवास


केहि समय अघि सम्म पत्रकारहरुलाई आग्रह गर्दै पत्रकार सम्मेलनबाट होस् वा विश्वमै कुख्यात बिकिनी किलरको नामले प्रसिद्घ ६५ चार्लस सोभराजसँग विहे गरेको हल्ला गर्दै होस् , २० वषिर्य निहिता विश्वास केहि समयको लागि भएपनि ज्यादै प्रख्यात हुन पुगेकी छिन् ।

आफुलाई हरेक क्षेत्रमा अघि देख्ने मुर्ख स्वभावकी निहिताले चार्लसलाई आफ्नो आमा (चालर् सकी वकिल)को माध्यमबाट पहिलो चोटि भेटेका थिए । जेलमा भेट्दा भेट्दै चार्लससँग माया बसेको बताएतापनि, उसका साथीहरु भने निहिताको यो कुरा पत्याउनै गाह्रो भएको बताउँछन् । कलेज पढ्दाका साथीहरु उसलाई आफ्नो स्वार्थको लागि वा आफु अगाडी पर्नको लागि केहि गर्नपनि पछि नपर्ने एक घमण्डी केटिको रुपमा सम्झिन्छन् ।

अर्कातिर कुख्यात चार्लस विदेशका ठूला सजायहरुबाट बच्न नेपालको जेलमा आफ्नै जुक्तिले बसेको कुरा पनि अन्तराष्ट्रिय रुपमै र्छलङ्ग छ । यदि निहिताले भने झैं निदोष भएका भए, किन भाग्थे त चार्लस विदेशका विभिन्न जेलहरुबाट ? के चार्लसकोर् इच्छा विपरीत उनलाई यतिका समय सम्म नेपालको जलमा राख्न सकिन्थ्यो र ?

चार्लस सोभराज सदा झैं अहिले पनि सातिर छन् । र निहिता जस्तो मुर्ख केहि भेट्नु उनको सौभाग्य हो अर्को नयाँ चाल चल्न । तर यदि भविष्यमा निहिता विश्वासको लास पनि विकिनीमा भेटिएमा जिम्मा कस्ले लिने - चार्लसलाई राखिएको जेलको प्रशासनले ? चार्लस र निहिताको कुरालाई अत्याधिक रुपमा बढावा दिने संचारमाध्यमले वा सरकारले ? के तबसम्म नै विशेष समाचार बनिरहन्छ त एउटा मुर्ख केटिको कथा ?

यदि यस तर्फ विशेष रुपमा कसैले ध्यान दिन सक्दैन भने, मृगौला काण्डका आरोपी डाक्टरलाई झैं चार्लसलाई पनि विदेशी प्रहरीहरुलाई सुम्पिदिए ठिक होला ।

अन्तमा एउटा साधारण केटिको मुर्खताले गर्दा देशकै इज्जत नजाओस् ।

3 comments:

Prabesh said...

मलाई त यो केटीको रवैया हेर्दा त 'नेपाली' भनेर माया पनि लाग्दैन । चार्ल्स शोभराजको नयाँ शिकार निहिता विश्वास भनेर पछि समाचार आउँदा खासै नयाँ र रोचक लाग्दैन होला ।

Bikran said...

sarai murkha nai raicha yo keti .aajkal ta wakka lagisakyo iniharu ko news pani.k ho k .

Anonymous said...

न चार्ल्स् शोभराज् मुर्ख हुन्, न त यो केटी। शोभराज् लाइ जेल बाट छुट्नु परेको छ, र यो केटी र त्यस्की आमालाई पैसा चाहिएको छ। यी दुबैलाई न्याय देशको कुनै मतलब् छैन। कुरा यत्ति हो कि हाम्रो कानुन र कानुनकर्मी हरु आफ्नो कर्तव्य बाट नचुकेमा यी दुबै मिले पनि केहि लछार्न सक्दैनन्।