Tuesday, October 21, 2008

मावोबादी पार्टी दोस्रो चोटि फुट्ने क्रममा


मावोबादी पार्टी दोस्रो चोटि फुट्ने क्रममा रे ? सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । पुर्वराजा ज्ञानेन्द्रले जुन बेला देशको सत्ता हडपेर आफ्नो दुरदशा निम्त्याउँदै थिए, मावोबादी पार्टीलाई पनि दशा लागेको थियो । यस्त बेला मैले स्थानीय संचारमाध्यमबाट मावोबादी पार्टी फुटीसकेको दाबी गर्दा, कतिले प्रमाण मागे, कतिले बुढाको दिमाग फुस्कियो भनेर खिल्ली उडाए भने कतिले त धम्काए पनि । तर हाल आएर ती कुराहरु सबै सत्य भएको एक नेपाली टेलिभिजनले भिडियो मार्फ पुष्टी गरेकोमा म हषिर्त छु । भविष्यमा फेरी एकचो टि कुनै दिन कुनै संचारमाध्यमले राजा महेन्द्रको हत्याको बारेमा लेखिएको मेरो लेखलाई पनि पुष्टी गर्छ भन्नेमा म विश्वस्त छु ।

लागौं मावोबादी कै कुरा तर्फ। हाल सत्तामा रहेको मावोबादी पार्टी देखिदा जति किताबका पानाहरुजस्ता पढ्न सरल देखिन्छ, वास्तवमा उनीहरु यसको ठिक विपरित छन् । युद्धको बेला, चुनवाङ बैठकमा प्रचन्डले खुद स्वीकारेका पनि थिए, "हो हामीले गर्ने सबै नाटक नै हो" । त्यहि चुनबाङ बैठकमा फुटिसकेको मावोबादी पार्टी फेरि एक भएको थियो ।

नयाँ क्रान्तिको कुरा गर्ने मावोबादी, फरक फरक बिचार, स्वभाव र जीवनशैली आदिले गर्दा फुटका आएको थियो । त्यसबेला, अध्यक्ष प्रचन्डको हतारमा गर्ने कार्यशैली, काम कम गर्ने कुराले भने मावोबादी कार्यकर्ताहरुलाई सँधै ठिक्क पारी आफ्नो इसारामा चलाउने तरिका आदि जस्ता कुराहरुले गर्दा, बावुराम भटर्राई र राम बहादुर बादल अलगीएका थिए । जसपछि, कार्यकर्ता, सेना, नेताहरु सबै दुइ भागमा विभाजन भएका थिए । त्यस फुटको कारण अर्कातिर प्रचन्ड र बादलका श्रीमतीहरुको फरक जीवनशैली र उनीहरु बीचको मनमुटाव पनि थियो । उता बावुरामलाई सबैभन्दा चित्त नबुझेको कुरा के थियो भने, यकातिर मावोबादी सेनाहरुले रक्सी जुवा बन्द गराउने क्रममा हात काट्ने देखि हत्यासम्म गर्दै थिए भने उता त्यहि सेनाका अध्यक्ष प्रचन्ड भने बेलुकीको समयमा रक्सीको चुस्की लिन्थे । यस्तै यस्तै विभिन्न कारणहरुले फुटेको मावोबादी पार्टी पछि चुनवाङ बैठकबाट फेरि एक भएको थियो जसको कारण यो पनि थियो कि फुटर सत्ता सम्म पुग्न असम्भव थियो ।

त्यहि वाध्यताले गर्दा पार्टी एक भएको थियो र आखिरमा सरकारसम्म आइपुग्यो पनि । तर सरकार चलाउने भइसकेपछि के को वाध्यता ? प्रचन्डको राणाहरुले झैं आफ्नै इसारामा नचाउने शैली फेरि देखापरेको छ । गफैले मात्र प्रधानमन्त्री बनेका प्रचन्ड, पार्टीको नामै बदलिने तरखरमा छन् भने यता बैज्ञानिक सोच भएका र देशमा साच्चै नै परिवर्तन ल्याउन अघि बढेका बावुराम हाल आएर प्रचन्डको नाटक बुझ्दैछन्, जसले गर्दा मावोबादी पार्टी दोस्रो चोटि फुट्ने सम्भावना स्पष्ट देखिन्छ ।

4 comments:

Prabesh said...

एबिसी भन्ने न्युज च्यानलमा मैले पनि अस्तो एकपटक माओवादी नेता धुरूधुरू रो'को हेरेको थिएँ । यी माओवादी धेर टिक्दैनन् हौ टिक्दैनन् । हावामा महल बनाएर पनि हुन्छ काहीँ ?

Bikran said...

khai k ho desh kata pugisakyo .party haroo aafai aafai ma tachad machad . k hune ho naya nepal vanne sapana pani hatii aayo hatti aayo fussa hune ho ki.

Aakar said...

सबै फुटिरहेकै त हुन् नि !
बालै भएन ।
सबैलाई आफ्नो मात्र ध्यान छ, देश भाँडमा जाए !

davinci said...

Will it be because of Prachanda vs. Baburam thing or because of Prachanda-Baburam vs. Baidya-Badal ? I bet the Maoists are finding Prachanda's skills handy at the present.